‘मुन्द्रेको कमेडी क्लब’मा भित्रिँदै दमन
शुक्रबार, २५ चैत २०७८, ११ : २२
जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’ जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।
धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे । त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देखिँदै आएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भएको थियो । त्यसलाई परिमार्जित गर्दै निर्देशक दिनेश डिसी भित्र्याएर जीतुले शो ल्याउन लागेका हुन् । शो छिट्टै आउने जीतुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण