बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्रीलाई ओलीको व्यङ्ग्य : थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही गर्‍यो

शनिबार, २६ चैत २०७८, ११ : ०६
शनिबार, २६ चैत २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।

उनले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको आरोपसमेत लगाए । उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, ध्वस्त पार्‍यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’ 

‘देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवक, अर्थविद्, राष्ट्र बैंकबाट डेप्युटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाइयो । उनलाई निलम्बन गरियो । माओवादीले नियुक्त गरेका, माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो’ ओलीले थपे ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाए । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उनको गुनासो थियो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको पो देखाउने गरेको अध्यक्ष ओलीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप