पाकिस्तानको संसद्ले इमरान खानको भविष्यको फैसला गर्दै
पाकिस्तानमा लामो समयदेखि चलेको राजनीतिक उथलपुथलपछि प्रधानमन्त्री इमरान खान विरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथिको मतदानका लागि शनिबार संसद्को अधिवेशन सुरु भएको छ । सभामुख असद कैसरले बैठक सञ्चालन गर्दैछन् । आइतबारको प्रस्ताव अस्वीकृत हुँदा उपसभामुख कासिम सुरीले सदनको कारवाही चलाएका थिए ।
खान विरुद्धको अविश्वासको प्रस्तावमाथिको बहस सुरु भएपछि सदन दिउँसो १२ः ३० बजेसम्मका लागि स्थगित गरिएको छ । तर दलहरुबीच छलफलका कारण बैठक अझै सुरु हुन सकेको छैन । बिहीबार, पाकिस्तानको सर्वोच्च अदालतले संसद् निर्णयलाई उल्टाएको थियो जसमा विपक्षीहरुले इमरान खानविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को हवाला दिँदै खारेज गरेको थियो।
त्यसपछि प्रधानमन्त्री इमरान खानको सिफारिसमा देशका राष्ट्रपतिले संसद् विघटन गरेर देशमा चुनाव गराउने बताएका थिए । मतदानको ठीक एकदिन अघि शुक्रबार, इमरान खानले देशका जनतालाई सम्बोधन गर्दै, विपक्षीहरुले ‘विदेशी शक्तिहरूसँग मिलेर आफ्नो विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण