एमालेले मदनको दुर्नाम गर्यो, जबजमाथि कुठाराघात : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए ।
‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेता नेपालको भनाइ छ । उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको पनि बताए ।
‘त्यसले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ । जबजको मान्यतामा कुठराघात गरेको छ’, अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो, मधेसमा केपी ओलीको पार्टीलाई धकेलेको तथा कर्णाली, गण्डकी र वागमतीमा पनि संगठन सुदृढ बन्दै गएको बताए ।
आफ्नो पार्टीले जनताको सेवा गर्ने विचारलाई मार्क्सवाद, लेनिनवाद र समाजवादको मुल मर्मलाई आत्मसात गरेको भन्दै लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित नहुने अध्यक्ष नेपालको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ
-
ब्लड प्रेसर जाँच्ने बसेर कि सुतेर ?
-
प्रहरी समायोजन नगरे संघीय सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी
-
यी हुन् मधुमेहका बिरामीका लागि फाइदा हुने खानेकुरा
-
समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन
-
जात र थर विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : अध्यक्ष ओली