एमालेले मदनको दुर्नाम गर्यो, जबजमाथि कुठाराघात : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए ।
‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेता नेपालको भनाइ छ । उनले एमालेले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको पनि बताए ।
‘त्यसले मदन भण्डारीको नामको दुर्नाम गरिरहेको छ । जबजको मान्यतामा कुठराघात गरेको छ’, अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिममा सबैभन्दा ठुलो, मधेसमा केपी ओलीको पार्टीलाई धकेलेको तथा कर्णाली, गण्डकी र वागमतीमा पनि संगठन सुदृढ बन्दै गएको बताए ।
आफ्नो पार्टीले जनताको सेवा गर्ने विचारलाई मार्क्सवाद, लेनिनवाद र समाजवादको मुल मर्मलाई आत्मसात गरेको भन्दै लोकतान्त्रिक मूल्य र मान्यताबाट विचलित नहुने अध्यक्ष नेपालको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण