शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नौ महिनामा देशलाई कंगाल बनाए : केपी ओली

‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन्’
शनिबार, २६ चैत २०७८, १८ : ०२
शनिबार, २६ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् ।  शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नै जन्मिएको बताएका हुन् ।

‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।’ 

अध्यक्ष ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । ‘नौ महिनामा देशलाई कंगाल बनाए’, ओलीले भने, ‘हामी अत्यन्तै विद्धान, साहसी र खोज अनुसन्धानकर्ता पुर्खाका सन्तान हौ’, ओलीको भनाइ छ ।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सहि सुझाव दिँदा गभर्नरको निलम्बन गरी सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप समेत लगाए । आफु सर्वनाश गर्ने, कमिसनखोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले सरकारको चर्को विरोध गरे ।

उनले अहिले अर्थमन्त्रालयमा अर्थशास्त्री नै नरहेको पनि बताए । उनले जनयुद्धका नाममा साम्प्रदायिक विद्वेष र पहिचानको राजनीतिका नाममा झगडा फैलाउनेहरूलाई जनताले असफल पारेको दावी समेत गरे । मधेस उल्टिएर एमाले भएको भन्दै पाँच दलीय गठबन्धनले समाजवादका नाममा लुटतन्त्र मच्चाउन लागि परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप