जुम्लामा गठबन्धन गर्ने सहमति
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले माथिको निर्णय र निर्देशनअनुसार जुम्लामा तालमेल गर्ने बताउँदै आएका छन् । नेपाली काँग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा आइतबार बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने केन्द्रीय निर्णय अनुसार जुटेका हुन् ।
काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तीर्थ बुढाले जानकारी दिए । ‘अलोकतान्त्रिक शासनशैलीबाट उत्पन्न भइराखेको जटिल अवस्थालाई केन्द्रीय गठबन्धन दलको एकताले सुशासन सुरुवात गरेको, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि गठबन्धन आजको थप आवश्यकता हो,’ बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
केन्द्रको निर्देशन अनुसार जुम्लामा पालिका र वडा तहसम्म तीन दलबीच गठबन्धन गरेर जाने निर्णय भएको नेताहरूले बताएका छन् ।
कांग्रेस जिल्ला सचिव अर्जुनसिंह कठायतले चरणबद्ध छलफल हुने बताए । उनले भने, 'अहिले पनि गाउँपालिका र वडा तहमा उम्मेदवार टुंगो लाग्न सकेको छैन । अझै थप छलफल र बहस हुन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण