शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी र लिभरपुलले अंक बाढे

सोमबार, २८ चैत २०७८, ०७ : ३०
सोमबार, २८ चैत २०७८

दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले  लिभरपुलसंग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो । 

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे । पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए ।  १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए । 

बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा  छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल  दोस्रो स्थानमा  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप