गठबन्धनमा मेयर/ उपमेयरको मोलमोलाइ गर्नेलाई तुरुन्त नियन्त्रण गरौं : सुदन किराँती
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद सुदन किराँतीले गठबन्धनमा मेयर/उपमेयरको मोलमोलाइ गर्ने प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किराँतीले सैद्धान्तिक आधार भन्दा बाहिर गएर मोलमोलाइ गर्नु ठिक नभएको बताएका छन् ।
यदि यसरी नै स्थानीय तहका पदमा मोलमोलाइ नै गर्नु हो भने के को लागि गठबन्धन भन्दै किराँतीले प्रश्न गरेका छन्। ‘गठबन्धनको सैद्धान्तिक आधार र मान्यता बाट बाहिर गएर मेयर र उपमेयर पदको लागी मोलतोल गर्नेलाई चरित्रलाई के भन्ने ? गठबन्धन केको लागी गरेका हौ ?’ प्रश्न गर्दै किराँतीले लेखेका छन्, ‘ कुन इतिहासको पृष्ठभूमिमा गरेका हौँ ? यथाशक्य स्पष्ट गरौँ अन्यथा गठबन्धन भङ्ग गरौँ कि बाहिर गएर मोलमोलाइ गर्ने घोर अवसरवादी प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गरौँ ।’ सत्ता गठबन्धन गरे पनि सबैले इमानदारीताका साथ सहयोग गर्ने र लिने वातावरण बनाउनु पर्ने किराँतीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण