शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा मेयर/ उपमेयरको मोलमोलाइ गर्नेलाई तुरुन्त नियन्त्रण गरौं : सुदन किराँती

सोमबार, २८ चैत २०७८, ११ : ०३
सोमबार, २८ चैत २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सांसद सुदन किराँतीले गठबन्धनमा मेयर/उपमेयरको मोलमोलाइ गर्ने प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किराँतीले सैद्धान्तिक आधार भन्दा बाहिर गएर मोलमोलाइ गर्नु ठिक नभएको बताएका छन् । 

यदि यसरी नै स्थानीय तहका पदमा मोलमोलाइ नै गर्नु हो भने के को लागि गठबन्धन भन्दै किराँतीले प्रश्न गरेका छन्। ‘गठबन्धनको सैद्धान्तिक आधार र मान्यता बाट बाहिर गएर मेयर र उपमेयर पदको लागी मोलतोल गर्नेलाई चरित्रलाई के भन्ने ? गठबन्धन केको लागी गरेका हौ ?’ प्रश्न गर्दै किराँतीले लेखेका छन्, ‘ कुन इतिहासको पृष्ठभूमिमा गरेका हौँ ? यथाशक्य स्पष्ट गरौँ अन्यथा गठबन्धन भङ्ग गरौँ कि बाहिर गएर मोलमोलाइ गर्ने घोर अवसरवादी प्रवृत्तिलाई तुरुन्त नियन्त्रण गरौँ ।’ सत्ता गठबन्धन गरे पनि सबैले इमानदारीताका साथ सहयोग गर्ने र लिने वातावरण बनाउनु पर्ने किराँतीको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप