खोटाङ बन्यो कोरोना सङ्क्रमणमुक्त जिल्ला
दश स्थानीय तह रहेको खोटाङ कोभिड–१९ मुक्त जिल्ला बनेको छ । पछिल्लो समय सङ्क्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका दुईजना आइतबार निको भएसँगै खोटाङ सङ्क्रमणमुक्त बनेको हो ।
सङ्क्रमण देखिएका दुईसहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सुरु भएयता जिल्लामा तीन हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
पहिलो र दोस्रो लहरमा गरी सङ्क्रमणबाट १५ जनाको ज्यान जाँदा तेस्रो लहरमा भने कसैको पनि मृत्यु नभएको जनाइएको छ । जिल्लामा हालसम्म एक लाख सात हजार ४२ जनाले पूर्ण र एक लाख २१ हजार ४३० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित दशवटै स्थानीय तहमा २३४ शय्या उपलब्ध छन् । जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको जनाइएको छ । तत्कालका लागि जिल्ला कोरोना सङ्क्रमणमुक्त भए पनि जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे पनि जिल्लाका स्थानीय बासिन्दा यसअघिदेखि नै खुलेआम हिँड्डुल तथा व्यापार÷व्यवसाय गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण