आश्रमटोलमा हरियाली उद्यान
बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८÷७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।
सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वातावरण स्वच्छ राख्न, शीतलताका लागि सानो लगानीबाट पनि काम गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए।
पालिकाले बनाइदिएको साझा सम्पत्तिलाई अब स्थानीय टोलवासीले संरक्षण गर्न र यसको दिगो व्यवस्थापन समेत आग्रह समेत गरिएको छ । धर्मका नाममा रोपिएका बिरुवालाई सडक विकासका नाममा विनाश नगरी संरक्षण गर्न सकेमा वातावरण स्वच्छ हुने उनले विश्वास व्यक्त गरे ।
वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगीले आफूले समाजमा उल्लेखनीय काम गरेको बताए । उद्यानले बटुवा र टोलवासीलाई शीतलता दिने छ । जनप्रतिनिधिले जनतासँग मिलेर स्थानीय तहमा ओझेल परेका संरचनाको संरक्षण गर्ने गरेको उनले जानकारी दिए ।
उद्यान निर्माण उपभोक्ता समिति अध्यक्ष लोकेन्द्र रोकाले उद्यान निर्माण भएपछि स्थानीयवासी निकै खुसी भएको र साझा सम्पत्तिलाई संरक्षण गनुपर्ने दायित्व आफूहरूलाई आएको बताए । स्वर्गद्वारी आश्रम टोल विकास संस्थाका सचिव विष्णु बुढाले टोलटोलमा रहेका ऐतिहासिक धरोहरलाई सबैले संरक्षण गरेर पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न आग्रह समेत गरे ।
टोलमा हुने भेला, बैठक बस्नलाई चौतारीमा बेन्चको व्यवस्था गरिएको छ । फूलबारी, शीतल हावाले बाटोमा हिँड्ने जो कोहीलाई पनि आर्कषण गर्ने गर्दछ । पहिले–पहिलेका मानिसले पुण्य कमाउन घरछेउ वा सडकको छेउछाउमा वरपिपलका बिरुवा रोप्दथे । तिनै बिरुवा ठूला भएपछि संरक्षण गरेर चौतारी बनाउँथे । गाउँले चौतारीमा भेला हुने, छलफल गर्ने चलन थियो । पछिल्लो समय सडक विस्तार वा अन्य यस्तै बहाना गरेर सडक छेउमा रहेका वरपिपलका बिरुवा काट्ने गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण