कति छ आज विदेशी मुद्राको विनिमयदर ?
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १० पैसा र बिक्री दर १५८ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८० पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८२ पैसा र बिक्री दर नौ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण