एकै परिवारको ८ जनाको गोली हानी हत्या
मङ्गलबार, २९ चैत २०७८, १२ : ४७
मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ । गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण