मोरङका तीन पालिकामा एमालेद्वारा प्रमुख उम्मेदवारको टुंगो
स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो ।
रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सोरेनको नाम सिफारिस गरेको एमाले मोरङका इन्चार्ज विनोद ढकालले जानकारी दिए ।
उनकाअनुसार रंगेलीको उपप्रमुखमा भने बाहलवाला उपप्रमुख केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिस गरेको छ । खराल पनि प्रमुख अग्रवालसँगै माओवादीबाट एमाले प्रवेश गरेकी हुन् ।
एमालेले धनपालथानको उपाध्यक्षका लागि भने करणदेवी चौधरी, उपासीदेवी राजवंशी, सीता पाठक, बिमला विष्ट र राधादेवी पासवानको नाम सिफारिस गरेको छ । इन्चार्ज ढकालका अनुसार एमालेले मोरङका सबै पालिकाको उम्मेदवारको टुंगो अबको एक हप्ताभित्रमा लगाइसक्ने छ । ‘हामीले आउँदो हप्ताभित्रमा सबै उम्मेदवारको टुंगो लगाउँछौं,’ ढकालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण