काँग्रेस कास्कीको टोलीले भेट्न पाएनन् देउवालाई
पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको नेपाली काँग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन । उनीहरू बिहानै ९ देखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको व्यस्तताका कारण भेट्न नपाएका हुन् ।
काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।
उनका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूले भेट्ने समय पाएका छैनन् । केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा काँग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् । उनीहरूले काँग्रेसबाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ देउवालाई गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण