काँग्रेस कास्कीको टोलीले भेट्न पाएनन् देउवालाई

पोखरा महानगरको मेयर आफैंले पाउनुपर्ने माग राख्न काठमाडौं पुगेको नेपाली काँग्रेस कास्कीको टोलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पाएको छैन । उनीहरू बिहानै ९ देखि १२ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसे पनि देउवाको व्यस्तताका कारण भेट्न नपाएका हुन् ।
काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहित पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशका मन्त्री विन्दुकुमार थापा, मेयरका आकांक्षीसहित ६० भन्दा बढी बालुवाटारमा भेला भए पनि प्रधानमन्त्रीको क्याबिनेट र अन्य कामका कारण आफूहरूले समय नपाएको मन्त्री थापाले बताए ।
उनका अनुसार आजै २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूले भेट्ने समय पाएका छैनन् । केन्द्रीय गठबन्धनको सहमतिअनुसार पोखरा काँग्रेसले गुमाउन सक्ने संकेत पाएपछि नेताहरू काठमाडौं पुगेका हुन् । उनीहरूले काँग्रेसबाहेक अरु पार्टीले पोखरामा चुनाव जित्न नसक्ने रिपोर्टिङ देउवालाई गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
-
मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री
-
कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ
-
विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे प्रधानमन्त्री ओलीले के भने ?