बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा आजदेखि बढ्यो गाडी भाडा, अब न्युनतम भाडा २० रुपैयाँ

बिहीबार, ०१ वैशाख २०७९, १२ : ३७
बिहीबार, ०१ वैशाख २०७९

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश सरकारले नयाँ वर्षदेखि लागू हुने गरेर सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । प्रदेश सरकारको सोही निर्णयअनुसार आजदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको हो। 

यातायात मन्त्रालयले फागुन २४ गते भाडा बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा यात्रुले गाडी चढ्ने वित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ । यात्रुले ५ किलोमिटरसम्मको दूरी यात्रा गर्न परेमा उक्त भाडा बुझाउनुपर्ने छ ।

यसैगरी, १० किलोमिटरसम्मको दूरी यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको दूरी यात्रा गर्दा ३० रुपैयाँ, २० किलोमिटरसम्मको दूरी यात्रा गर्दा ३३ र २० भन्दा बढी किलोमिटरको यात्रा पार गर्नुपर्नेमा ३८ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । जसको परिणामस्वरूप सार्वजनिक यातायातको भाडा पछिल्लो ६ महिनामा दोस्रो पटक बढेको हो । यसअघि, सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप