प्रेस युनियन सुनसरीद्वारा अक्षयकोष र पुरस्कार स्थापना
नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसँगको समन्वयमा पाँच लाख राशिको अक्षयकोषको स्थापना गरेको छ । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सुनसरी युनियनले उक्त अक्षयकोषमार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ। त्यसैगरी, सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रममा जानकारी दिइएको छ।
युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार ५१ हजार एक सय रुपैयाँ राशिको गोविन्द खेम कुमारी सृजनशील पत्रकारिता पुरस्कार सुनसरीमा रहेर समाजको हितमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने छ । व्यवसायी घिमिरेले आफ्ना बुबा आमाको स्मृतिमा प्रेस युनियन सँगको सहकार्यमा अक्षय कोषका लागि सो रकम प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण