भक्तपुरको च्वङा गणेशमा डढेलो
आइतबार, ०४ वैशाख २०७९, १८ : १४
भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो ।
दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकाे छ ।
'हामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,' नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।
यही नजिक सैनीक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ । डा. इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उत्तरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण