मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठ विजयी
मिस्टर नेपाल वर्ल्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् । ३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई यसअघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुँडाल फस्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलालीका २१ वर्षीय समिप शाही थर्ड रनर्सअप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर्सअप बने । उनीहरुले क्रमशः पचास हजार, तीस हजार, बीस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार पाए । यस वर्ष मिस्टर नेपाल वल्र्ड २०२२ का लागि ३६ प्रतिष्पर्धीहरुले भाग लिएका थिए । कार्यक्रममा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण