शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

सोमबार, ०५ वैशाख २०७९, १२ : ४३
सोमबार, ०५ वैशाख २०७९

विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राजकुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । 

उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप