निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्' भनेका हुन् ।
मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।'
एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेकाे थियाे ।
त्यसकाे भाेलिपल्ट थपलियाले भनेका छन्, 'निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ संकल्पमा आइपुगेका छौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण