मेरो फेसबुक ह्याक भयो : राजेन्द्र महतो
मङ्गलबार, ०६ वैशाख २०७९, १३ : ०४
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो सामाजिक सञ्जाल फेसबुक ह्याक भएको बताएका छन् । महतोले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले सो कुरा बताएका हुन् । उनले दोषीलाई कारबाहीको माग समेत गरेका छन् ।
भाइरल स्क्रिन सटमा महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेतासँगको यात्रालाई आजबाट पूर्णरुपले विराम गरेको उल्लेख गरेका छन् । महतोले त्यसलाई खण्डन गर्दै लखेका छन् , ‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण