सर्वोच्चले राष्ट्र बैंकलाई ड्यामेज हुनबाट जोगायो–गर्भनर अधिकारी

गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका छन् । सर्वोच्च अदालतले पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले केन्द्रीय बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका हुन् ।
‘सर्वोच्च अदालतले राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगाएको छ,’ उनले रातोपाटीसँग भने, ‘सर्वोच्चको आजको आदेशले नेपालमा नजिर स्थापित गरेको छ । यसले पछिसम्म सहज हुन्छ ।’ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गर्भनर अधिकारीलाई निलम्बन गर्ने अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
यसअघि, सरकारले सूचना चुहाएको र अर्थतन्त्र बिगारेको भन्दै गर्भनर अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्रीपरिषद् बैठकबाट तीन सदस्यीय छानबिन समिति गठन भएलगत्तै गर्भनर अधिकारी निलम्बनमा परेका थिए । निलम्बनमा परेपछि सरकारविरुद्धको रिट लिएर गर्भनर अधिकारी सर्वोच्च पुगेका थिए । उनी निलम्बन खारेजीको माग गर्दै वैशाख ४ गते सर्वोच्च पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय