सर्वोच्चले राष्ट्र बैंकलाई ड्यामेज हुनबाट जोगायो–गर्भनर अधिकारी
गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका छन् । सर्वोच्च अदालतले पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि प्रतिक्रिया दिँदै गर्भनर अधिकारीले केन्द्रीय बैंक ‘ड्यामेज’ हुनबाट जोगिएको बताएका हुन् ।
‘सर्वोच्च अदालतले राष्ट्र बैंक ‘ड्यामेज’ हुनबाट जोगाएको छ,’ उनले रातोपाटीसँग भने, ‘सर्वोच्चको आजको आदेशले नेपालमा नजिर स्थापित गरेको छ । यसले पछिसम्म सहज हुन्छ ।’ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गर्भनर अधिकारीलाई निलम्बन गर्ने अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
यसअघि, सरकारले सूचना चुहाएको र अर्थतन्त्र बिगारेको भन्दै गर्भनर अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्रीपरिषद् बैठकबाट तीन सदस्यीय छानबिन समिति गठन भएलगत्तै गर्भनर अधिकारी निलम्बनमा परेका थिए । निलम्बनमा परेपछि सरकारविरुद्धको रिट लिएर गर्भनर अधिकारी सर्वोच्च पुगेका थिए । उनी निलम्बन खारेजीको माग गर्दै वैशाख ४ गते सर्वोच्च पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
