आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतको चौकुने गाउँपालिकामा एमालेले लगायो उम्मेदवारको टुङ्गो

बिहीबार, ०८ वैशाख २०७९, ०९ : ३८
बिहीबार, ०८ वैशाख २०७९

नेकपा एमाले सुर्खेतले चौकुने गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले चौकुने कमिटीले अध्यक्षका लागि हरि अधिकारी र उपाध्यक्षका लागि निर्मला रानालाई उपाध्यक्षको उम्मेदवार बनाएको हो । 

अधिकारी एमाले चौकुने गाउँपालिका कमिटीका अध्यक्ष हुन् भने राना अहिलेकी गाउँपालिका उपाध्यक्ष हुन् । ०५१ सालमा अधिकारी एमालेको इलाका नम्बर ११ को अनेरास्ववियूका सह–सचिव थिए । सामाजिक क्षेत्रमा समेत लामो अनुभव बटुलेका अधिकारी गैरसरकारी महासंघ सुर्खेत अध्यक्ष, महासंघ कर्णाली सचिव हुँदै अध्यक्ष पदमा काम गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप