शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूजा र आकाशको ‘स्वर्गकी अप्सरा’मा रोमान्टिक अवतार

शुक्रबार, ०९ वैशाख २०७९, ०९ : २३
शुक्रबार, ०९ वैशाख २०७९

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित रोमान्टिक गीत ‘स्वर्गकी अप्सरा’ सार्वजनिक भएको छ । कविराज गहतराजद्वारा निर्देशित भिडियोमा आकाश र पूजा प्रेम जोडीको रुपमा रोमान्टिक मुडमा देखिएका छन् । 

दीपक कंडेलको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा दीपक वसन्त कार्कीले संगीत भरेका छन् । प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मीठा र रोमान्टिक शब्दले भरिएका गीतको संगीत संयोजन सुदीप सागर हुन् ।

सौरभ लामाको छायांकन, अर्जुन जिसीले सम्पादन भिडियोमा छ । भिडियोको निर्माण गीतकार दीपक कँडेलले गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप