शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण

शनिबार, ०९ साउन २०८३, ०० : १४
शनिबार, ०९ साउन २०८३

सारांश

  • इच्छाकामनाका ३४ घर परिवारलाई जग्गा धनी प्रमाण पत्र वितरण गरियो।
  • भूमि समस्या समाधान समितिका अध्यक्ष बाँस्तोलाले यसै कार्यकालमा सबै सुकुम्बासीलाई जग्गा धनी पत्र दिने बताए।
  • भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष अर्यालले प्रक्रिया पुगेकालाई तत्काल लालपूर्जा वितरण गरिने बताए।

काठमाडौँ । इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् ।

सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुमबासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपूर्जा वितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुमबासीका लागि लालपूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपूर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको प्रक्रिया पुरा गर्न लाग्ने बताए । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनी प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुमबासी रहेको बताउनुभयो । सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लालपूर्जा वितरण गरिने बताए । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुमबासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सात वटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप