चन्द्रागिरी नगरपालिकाको उप–प्रमुखमा कलाकार करुणा श्रेष्ठको नाम सिफारिस
शुक्रबार, ०९ वैशाख २०७९, ११ : ०६
यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा लोकप्रिय हास्य श्रृंखला ‘गाह्रो छ हो’ की कलाकार करुणा श्रेष्ठ पनि उम्मेदवारमा सिफारिस भएकी छन् । कलाकार श्रेष्ठ चन्द्रागिरी नगरपालिकाको उप–प्रमुख पदका लागि उमेदवार सिफारिसमा परेकी हुन् ।
कलाकार श्रेष्ठलाई नेपाली काँग्रेस, चन्द्रागिरि नगर कार्यसमितिले नगर उप–प्रमुखको उम्मेदवारका लागि सिफारिस गरेको हो । नेपाली काँग्रेसको चन्द्रागिरी नगर समितिको पूर्ण बैठकले कलाकार श्रेष्ठसहित नगर उप–प्रमुख पदमा अन्य आठ जनाको नाम बहुमतले सिफारिस गरेको कलाकार श्रेष्ठका श्रीमान तथा ‘गाह्रो छ हो’ श्रृंखलाका निर्देशक मनराजा श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण