फ्लोरमा फिल्म ‘हाम्रो स्वर्गको’
शुक्रबार, ०९ वैशाख २०७९, २१ : ५५
फिल्म ‘हाम्रो स्वर्गको’ शुक्रबारबाट छायांकन सुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्म जुम्लाको पटमाराबाट छायांकन सुरु भएको हो । फिल्मले यार्सागुम्बा टिप्ने मान्छेहरूको कथा बिषयबस्तु बनाएको निर्देशक बस्नेतले बताए ।
मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लालबहादुर रोकाया, ललितजङ्ग महत लगायतको मुख्य भुमिका रहने फिल्मका छायांकार ज्ञानकुमार कट्टेल हुन् । कर्णाली प्रदेशवासीको भाषा, भेषभुषा र रहनसहन समेत समेटिने फिल्म हुम्लापछि जुम्ला, डोल्पा, मुगु, कालिकोट र जाजरकोटमा पनि छायांकन हुनेछ । फिल्म गौतमराज खड्काले सम्पादन गर्नेछन् ।
एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्मा निर्माता हुन् । फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण