आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

शनिबार, १० वैशाख २०७९, १४ : ०३
शनिबार, १० वैशाख २०७९

युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्याण्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्याण्ड पुगेका हुन् । पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ । 

शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्ड शरण लिएका छन् । युद्ध भएपछि कुल ८ लाख २५ हजार युक्रेनी पोल्याण्डबाट युक्रेन पसेका छन् । 

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ । रुसले युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप