एमालेले मोरङका पालिकाहरुमा उम्मेदवार टुंग्यायो
स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)ले मोरङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ । नाम भने सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुंग्याइएको छ ।
यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको छ । यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डल, जहदा गाउँपालिकाको उपाध्यक्षमा अनिता सोरेनको टुंगो लागेको छ ।
एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनको नाम टुंग्याएको छ ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आजै बेलुकासम्ममा सबै पालिकाको उम्मेदवारको नामावली सार्वजनिक गरिने बताए । विराटनगरसहित आजै सबै उम्मेदवारको विवरण सार्वजनिक गरिने उनको भनाइ छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मोरङमा ५ वटा पालिकाको प्रमुख÷अध्यक्ष जितेको थियो । भने ५ वटा पालिकाको उपप्रमुख/उपाध्यक्षमा विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण