बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश

आइतबार, ११ वैशाख २०७९, १० : २९
आइतबार, ११ वैशाख २०७९

पाल्पाको तानसेनमा नेकपा एमालेबाट  निर्वाचित वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तानसेन नगरपालिका वडा नम्बर ५ का  अध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका थिए । 

उनीसहित एमालेका कार्यकर्ताहरूलाई माओवादीमा एक समारोहका बीच स्वागत गरिएको छ । उनलाई  जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सांसद तुलाराम घर्ती, केन्द्रीय सदस्य अनिल किशोर घिमिरे लगायतका नेताहरुले पार्टीमा स्वागत  गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप