सुर्खेतमा गठबन्धनबीच तालमेलको सम्भावना समाप्त : माओवादी केन्द्र
सोमबार, १२ वैशाख २०७९, १० : ५६
सुर्खेतमा नेपाली काँग्रेस अनिर्णित बन्दा सत्तारुढ दलहरु बीचको गठबन्धन टुटेको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच तालमेल गरेर जाने भनेर संयुक्त विज्ञप्ति निकालेको काँग्रेसले भागवण्डाको कुरामा लचकता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्रले गठबन्धनको सम्भावना समाप्त भएको घोषणा गरेको छ ।
नेकपा माओवादी केन्द्र सुर्खेत इञ्चार्ज झकबहादुर मल्ल (सुदीप)ले सुर्खेतमा पाँच दलीय गठबन्धनबीच तालमेलको सम्भावना समाप्त भएको बताए । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकल उम्मेदवारी दर्ता गराउने तयारीमा लाग्न आग्रहसमेत गरेका छन् ।
गठबन्धनभित्र तालमेल गरेर जाने कुरामा काँग्रेस अनुदार भएको भन्दै एकीकृत समाजवादी र माओवादीले आन्तरिक तयारी गरिसकेका थिए । मल्लले यसअघि नै मनोनयन दर्ताका लागि फारम ल्याएर वितरण गरिसकेको र आजै उम्मेदवारी दर्ता गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
-
भाषा र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण