वडा अध्यक्षमा विजयी भए सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा
अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।
‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले अगाडि भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’ उनले उक्त पैसाले आर्थिक अभाव भएका रोगी मानिसहरुको उपचारमा समेत खर्च गर्ने जनाएका छन् ।
घिमिरे नेकपा माओवादी केन्द्रका तर्फबाट गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्ष उम्मेदवार बनेका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी गोदावरी नगरपालिका वडा नं ३ को नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।
फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् । उनले केही फिल्म र थुप्रै म्युजिक भिडियो समेत अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण