सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल
बुधबार, १४ वैशाख २०७९, १४ : ३३
सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेतअनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ ।
माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन् । नेपाली काँग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् । माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा २, ४, ५ र ७ नम्बर वडा एकीकृत समाजवादीको भागमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण