सत्ता गठबन्धनमा धेरै उम्मेदवार उठाउने काँग्रेस, माधवको पार्टीका ११ हजार ३३० मात्र
शुक्रबार, १६ वैशाख २०७९, २१ : ०३
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ५ दलमध्ये सबैभन्दा धेरै उम्मेदवार उठाउने राजनीतिक पार्टी नेपाली काँग्रेस रहेको छ । निर्वाचन आयोगका अनुसार ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएकोमा गठबन्धनमा रहेको काँग्रेसले विभिन्न पदमा ३१ हजार ४२५ उम्मेदवार उठाउँदा गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले सबैभन्दा थोरै उम्मेदवार ८ सय ८३ जना उम्मेदवार मात्रै उठाएको छ ।
त्यसैगरी गठबन्धनमा दोस्रो ठुलो दल माओवादी केन्द्रले २२ हजार २७९ उम्मेदवार उठाउँदा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी ११ हजार ३३० जनामात्र उठाएको छ । त्यस्तै जनता समाजवादीले ९ हजार ४८१ उम्मेदवार उठाएको छ । जम्मा ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेका उम्मेदवार ३३ हजार ५ सय ३ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण