माओवादीका २२ हजार २७९ उम्मेदवार, कुन पदमा कति ? (सूची)
शुक्रबार, १६ वैशाख २०७९, २३ : ०९
स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले सबै पदमा गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको तथ्यांकअनुसार माओवादीले पुरुष १३३०२ र महिला ८९७७ जना गरी २२ हजार २७९ जना उम्मेदवार उठाएको हो । जसमध्ये माओवादीले नगर प्रमुखमा १५६ जना पुरुष र १८ जना महिला गरी १७४ जना उम्मेदवार उठाएको छ भने गाउँपालिका अध्यक्षमा २६१ पुरुष र २९ जना महिला गरी २९० जना उम्मेदवार उठाएको छ ।
त्यस्तै सो पार्टीले नगर उपप्रमुखमा ८५ जना पुरुष र १३३ जना महिला गरी २१८ जना उम्मेदवार उठाएको छ । त्यसैगरी माओवादीले गाउँपालिका उपाध्यक्षमा ११५ जना पुरुष र २०० जना महिला गरी ३१५ जनालाई उम्मेदवार बनाएको छ भने वडाअध्यक्षमा पुरुष र महिला गरी ४४४९ जनालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण