विदेशी डिग्रीमा युवाको आकर्षण विषयमा कार्यशाला आयोजना
शनिबार, १७ वैशाख २०७९, १० : ४७
नेपाल मेगा कलेजले नेपाली विश्वविद्यालय र विदेशी डिग्रीमा युवाको आकर्षण विषयमा एक कार्यशाला आयोजना गरेको छ । कार्यशाला कलेजको स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको हो ।
कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली तथा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुसुम शर्मासँग विद्यार्थीहरुले देशको वर्तमान स्थिति, शिक्षा नीति, विद्यार्थी आकर्षण गर्ने विदेशी विश्वविद्यालयहरू नेपालमा भएका क्रियाकलाप, रोजगारी साथै त्रिभुवन विश्वविद्यालयको समग्र प्राज्ञिक विषयमा गहिरो छलफल गरेका थिए । कार्यक्रममा कलेजका अध्यक्ष गोपाल खनाल तथा शैक्षिक निर्देशक दिनेश खनालले आफ्नो मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एकल महिलाको भत्ता जम्मा गरेर घर बनाएकी थिएँ, ५ मिनेटमै जलेर खरानी भयो’
-
बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता
-
इलाममा अग्रता बढाउँदै एमाले
-
सबैभन्दा गर्मी भैरहवामा, यी पाँच ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर