लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत गर्छ : हाना सिङ्गर
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गरले नेपालमा दिगो, समावेशी र हरित अर्थतन्त्रको व्यावसायिक विकासलाई समर्थन गर्ने प्रतिबद्धता जनाएकी छन् । आइतबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा उहाँले अन्तरमन्त्रालयसँग समन्वय गरी देशमा दिगो लगानीको प्रवाह गर्ने बताएकी हुन् ।
“संयुक्त राष्ट्रसङ्घ नेपाल र नेपाली जनताका साथमा रहेको छ”, संयोजक हानाले भनिन्, “सन् २०२६ मा नेपालले ‘एलडीसी ग्रेजुएसन’को तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरुसँग देशमा दिगो लगानी बढाउन मद्दत गर्नेछौँ ।”
उनले दिगो विकासका लागि सन् २०३० ‘एजेन्डा’मार्फत सदस्य राष्ट्रहरूले प्रतिबद्धता जनाएका र यसले नेपालमा लगानीका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
“देशको लगभग आधा भाग वनजङ्गलले ओगटेको, हिमालयन ग्लेशियरहरूले ताजा पानी प्रदान गर्नाका साथै नदीहरूको ‘डाउनस्ट्रिम’बाट अनुमानित ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ”, संयोजक हानाले भनिन् ।
यस्तो लगानीले कार्बन ‘अफसेट’ गर्न, दिगो ऊर्जामा सङ्क्रमणलाई गति दिन र हरित अर्थतन्त्रतर्फ डोर्याउन योगदान तथा विश्वव्यापी तापक्रमको वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न योगदान पुर्याउनुपर्नेमा उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण