काँग्रेसमै प्रवेश गर्न प्रचण्डलाई पोखरेलको सुझाव
शनिबार, १७ वैशाख २०७९, १६ : ४३
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा काँग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले काँग्रेसमै समाहित हुन सुझाव दिएका हुन् ।
‘माओवादीसँग चुनावी एजेण्डा छैन । काँग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब काँग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौँ ।’ उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । पोखरा महानगरको एमाले प्रतिबद्धता पत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिस्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण