काँग्रेसमै प्रवेश गर्न प्रचण्डलाई पोखरेलको सुझाव
शनिबार, १७ वैशाख २०७९, १६ : ४३

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा काँग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले काँग्रेसमै समाहित हुन सुझाव दिएका हुन् ।
‘माओवादीसँग चुनावी एजेण्डा छैन । काँग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब काँग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौँ ।’ उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । पोखरा महानगरको एमाले प्रतिबद्धता पत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिस्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित