बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । हामी नेपाल संस्थाका सामाजिक अभियन्ताहरुले १ महिनाअघि थालेको विरोध प्रदर्शनलाई निरन्तरता दिँदै शनिवार साँझ ४ बजे प्रदर्शन गरेका हुन् ।
झन्डै १ सय बढी प्रदर्शनकारीले प्लेकार्डमा अस्पतालमा भष्टाचार, अति भयो अत्याचार, कति गर्छौ घोटाला, ए वीपीका गोठाला, धेरै दुःख पायो, स्वच्छ प्रतिष्ठान चाहियो लगायतका नारा लेखेर प्रदर्शन गरेका छन् । शनिबार काठमाडौं, पोखरा र धरानमा एकसाथ विरोध प्रदर्शन गरिएको अभियानका सदस्य शंकर पुरीले रातोपाटीलाई जानकारी दिए ।

बिपी स्वास्थ्य प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार, बेथिति र विसङ्गति रोक्न माग गर्दै विगत १ महिनादेखि घोपा बचाउ अभियान अन्तर्गत विरोध प्रदर्शन हुँदै आएको छ । हामी नेपाल अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘भ्रष्टाचार, बेथिति र विसङ्गति व्याप्त भएको भन्दै विभिन्न समयमा आवाज उठिरहेको र उच्च अधिकारीहरूको छानबिनले समेत पुष्टि गरिसकेको अवस्थामा पनि प्रतिष्ठानको सुधार अपेक्षाअनुसार नहुनाले अझ बढी दलदलमा फस्दै गएको महसुस हुन थालेको छ । उच्च अधिकारीहरूको छानबिन पछि पनि प्रतिष्ठानको प्रशासनिक असामान्यता कायमै रहेको पाइएको छ । नतिजाहरू अपरिवर्तित र असामान्य नै देखापरेका छन् । प्रशासनको कमजोरी, उपकरणको अभाव, शैया, औषधि, अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव लगायतका कारण बिरामी र अस्पतालको दुर्दशा चरम उत्कर्षमा पुगेको छ ।’

बिपी प्रतिष्ठानका डाक्टरहरू महिनौंदेखि विरोध गर्दै आउँदा पनि माग सम्बोधन नभएको उनीहरुको भनाई छ । अस्पताल ध्वस्त हुने अवस्था सिर्जना हुँदै गरेको र यस्तो अवस्थामा प्रतिष्ठान बचाउनु हामी सबैको दायित्व रहेको भन्दै प्रतिष्ठानको चरम बेतिथि–विसङ्गतिका विरुद्ध हामी नेपाल अभियानपनि आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । हामी नेपाल अभियानले २०७८ चैत १९ गते शनिबारदेखि विरोध पर्दशन गर्दै आइरहेको छ । फोटो : शंकर पुरी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण