शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धीलाई सुरक्षा दिइएन्, मेरियटमा बास

मङ्गलबार, २० वैशाख २०७९, ११ : ०९
मङ्गलबार, २० वैशाख २०७९

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौँमा छन् । निजी भ्रमण भएको हुनाले गृह मन्त्रालयले उनलाई सुरक्षाकर्मी दिएको छैन । निजी भ्रमण भएको हुनाले सुरक्षाकर्मी उपलब्ध गराउने बारे कुनै आदेश नभएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष  गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स)मा गएका थिए ।

एक निजी टेलिभिजन च्यानलकी पूर्व संवाददाता सुम्निमाका पिता भीम उदासले भनेका छन्–‘हामीले राहुल गान्धीलाई छोरीको विवाहमा उपस्थित हुनका लागि निम्ता गरेका थियौँ ।’ राहुल नक्साल स्थित मेरियट होटलमा बसेका छन् । वैशाख २२ मा बौद्ध स्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ । राहुल यसअघि २०१८ मा कैलाश मानसरोवर जानका लागी काठमाडौँ आएका  थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप