राहुल गान्धीलाई सुरक्षा दिइएन्, मेरियटमा बास
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौँमा छन् । निजी भ्रमण भएको हुनाले गृह मन्त्रालयले उनलाई सुरक्षाकर्मी दिएको छैन । निजी भ्रमण भएको हुनाले सुरक्षाकर्मी उपलब्ध गराउने बारे कुनै आदेश नभएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स)मा गएका थिए ।
एक निजी टेलिभिजन च्यानलकी पूर्व संवाददाता सुम्निमाका पिता भीम उदासले भनेका छन्–‘हामीले राहुल गान्धीलाई छोरीको विवाहमा उपस्थित हुनका लागि निम्ता गरेका थियौँ ।’ राहुल नक्साल स्थित मेरियट होटलमा बसेका छन् । वैशाख २२ मा बौद्ध स्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ । राहुल यसअघि २०१८ मा कैलाश मानसरोवर जानका लागी काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण