तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्नेक्रममा हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ थियो ।
सुनको मूल्य पछिल्लो समय निरन्तर घटिरहेको छ । वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजसम्म आइपुग्दा ५ हजार ३०० रुपैयाँ घटिसकेको छ । सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने स्थिर छ ।
सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो पनि चाँदीको कारोबार मूल्य यही थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण