लागुऔषधसहित एक जना पक्राउ
बिहीबार, २२ वैशाख २०७९, १४ : ३२
जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।
मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागुऔषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण