बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित एक जना पक्राउ

बिहीबार, २२ वैशाख २०७९, १४ : ३२
बिहीबार, २२ वैशाख २०७९

जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९  एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागुऔषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप