कोभिडका कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले २ अर्ब ८० करोड रुपैयाँ दिने

कोभिड–१९ का कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले करिब २ अर्ब ८० करोड रुपैयाँ (२३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग दिने भएको छ । बैंकले कोरोना कालमा रोजगारी गुमाएकाहरुका लागि अल्पकालिन रोजगारी सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले रकम उपलब्ध गराउने सम्बन्धमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले २३ मिलियन अर्थात् २ अर्ब ८० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने र नेपालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोभिडका कारण रोजगार गुमाएका युवाहरुलाई अल्पकालिन रोजगारी सिर्जना गरी रोजगार प्रदान गर्ने बताइएको छ ।
उक्त रकम यसअघि नै बैंकले युथ इम्प्लोइमेन्ट ट्रान्सफर्मेशन इनेटिभ (ईटी) पोजेक्टका लागि घोषणा गरेको कुल १२० मिलियनबाट प्रदान गर्न लागेको हो । यसबाट करिब ६४ हजार वेरोजगार युवाहरुलाई अल्पकालिन रोजगारी उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट