कोभिडका कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले २ अर्ब ८० करोड रुपैयाँ दिने
कोभिड–१९ का कारण रोजगारी गुमाएकाहरुका लागि विश्व बैंकले करिब २ अर्ब ८० करोड रुपैयाँ (२३ मिलियन अमेरिकी डलर) आर्थिक सहयोग दिने भएको छ । बैंकले कोरोना कालमा रोजगारी गुमाएकाहरुका लागि अल्पकालिन रोजगारी सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।
बिहीबार राजधानीमा भएको एक कार्यक्रमका बीच बैंकका प्रतिनिधिले रकम उपलब्ध गराउने सम्बन्धमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले २३ मिलियन अर्थात् २ अर्ब ८० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने र नेपालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोभिडका कारण रोजगार गुमाएका युवाहरुलाई अल्पकालिन रोजगारी सिर्जना गरी रोजगार प्रदान गर्ने बताइएको छ ।
उक्त रकम यसअघि नै बैंकले युथ इम्प्लोइमेन्ट ट्रान्सफर्मेशन इनेटिभ (ईटी) पोजेक्टका लागि घोषणा गरेको कुल १२० मिलियनबाट प्रदान गर्न लागेको हो । यसबाट करिब ६४ हजार वेरोजगार युवाहरुलाई अल्पकालिन रोजगारी उपलब्ध गराइने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण