शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

सोमबार, २६ वैशाख २०७९, १७ : ०१
सोमबार, २६ वैशाख २०७९

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द हुने भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द हुने जानकारी दिए । 

स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिन लागिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप