मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने
सोमबार, २६ वैशाख २०७९, १७ : ०१
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द हुने भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द हुने जानकारी दिए ।
स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिन लागिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण