सप्तरीमा ७२ घण्टा सीमा बन्द हुने
भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको सम्पूर्ण सीमा नाकाहरू मङ्गलबारदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरण सम्पन्न गर्न मङ्गलबार राति १२ देखि शुक्रबार राति १२ बजेसम्म सीमाबाट हुने आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को परिच्छेद ६ (थ) वमोजिम मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा समेत रोक लगाइएको छ ।
स्थानीय तह निर्वाचनको मतदान कार्यका दिन शुक्रबार बिहान ५ देखि साँझ ६ बजेसम्म एम्बुलेन्स, वारुणयन्त्र, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधनबाहेक अन्य सम्पूर्ण यातायातका साधनहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण