आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु, चालक फरार

मङ्गलबार, २७ वैशाख २०७९, ०८ : ५७
मङ्गलबार, २७ वैशाख २०७९

मकवानपुरको शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, ना ४६ प २२७७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको छन् । फरार रहेका चालकको खोजी कार्य भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप