मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु, चालक फरार
मङ्गलबार, २७ वैशाख २०७९, ०८ : ५७
मकवानपुरको शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, ना ४६ प २२७७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको छन् । फरार रहेका चालकको खोजी कार्य भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण