तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो । मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो ।
वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । आजसम्म आइपुग्दा प्रतितोला ४ हजार ७०० रुपैयाँ छ । यस्तै, पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेपनि समग्रमा वैशाख ५ गतेयता चाँदीको मूल्य घटेको छ । वैशाख ५ गते तोलामा १४ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १२ सय ८५ रुपैयाँ छ । हिजो यसको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण