‘पृथ्वीराज’का लागि अक्षय कुमारले लिए ६० करोड
अभिनेता अक्षय कुमार फिल्म ‘पृथ्वीराज’ को कारण चर्चा छन् । समाचार बाहिर आएको छ फिल्मका लागि अक्षय कुमारले संजय दत्तको भन्दा १२ गुना बढी पारिश्रमिक लिएका छन् । फिल्ममा अक्षय कुमार, संजय दत्तको अलवा मिस वल्ड मानुषी छिल्लर र सोनु सुदको समेत मुख्य भूमिका छ ।
फिल्म ३ जुनमा रिलिज हुँदैछ । समाचारका अनुसार ३०० करोडको बजेटमा बनेको यो फिल्मका लागि अक्षय कुमारले ६० करोड पारिश्रमिक लिएका छन् । संजय दत्तलाई फिल्मका लागि ५ करोड, अभिनेत्री मानुषीलाई एक करोड र अभिनेता सोनु सुदले ३ करोड लिएका छन् ।
डाक्टर चन्द्रप्रकाश द्धिवेदीको लेखन तथा निर्देशन रहेको ‘पृथ्वीराज’ मा साक्षी तन्वर, आशुतोष राणा र ललित तिवारी लगायतको समेत अभिनय देख्न सकिन्छ । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुँदैछ ।
केही दिन पहिले फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलरमा अक्षयको पृथ्वीराज चौहानको अवतार देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण