बुटवलका नयाँ मतदाता भन्छन्– जनतासँग गरेको बाचा पूरा गर्नुपर्छ
बुटवल उपमहानगरपालिका–११ नहरपुरकी अर्चना पछाइले पहिलो पटक मतदान गरेकी छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले शुक्रबार लुम्बिनी वाणिज्य क्यापसमा रहेको मत केन्द्रमा पुगेर मतदान गरेकी हुन् । मास्टर्ससम्म अध्ययन पूरा गरेकी पछाइले मताधिकार भनेको नयाँ नेतृत्व चुन्ने अवसरमात्र नभएर काम गर्नेहरुका लागि बाटो खोलिदिने मौका पनि भएको बताइन् ।
स्थानीय समस्या समाधान गर्न जनप्रतिनिधिहरुले काम गर्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो वडामा खासगरी लालपुर्जाको समस्या रहेकाले त्यसको समाधानका लागि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताइन् ।
देवीनगरीकी इन्द्रादेवी सारु पनि पहिलो पटक मतदान गर्न पाएकोमा उत्साहित बनेकी छन् । उनले आफूले हालेको मत सही रुपमा प्रयोग हुने अपेक्षा गर्दै स्थानीय मुद्दा र जनताका प्रमुख आवश्यकतालाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताइन् ।
प्रगति नगर बस्ने विकास थापाले पनि पहिलो पटक मतदान गरेका छन् । पोल्ट्री व्यवसाय गरेका उनले जनप्रतिनिधिहरुले युवाहरुलाई रोजगारीको अवसर दिँदै आर्थिक विकास गर्नुपर्नेमा जोड दिए ।

विकास र रोजगारी भएका मुलुकमा दीर्घकालीन शान्ति आउने भन्दै उनले आफूले दिएको मतले कतै न कतै त्यो काममा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
बुटवल जागरण पथका अनुराग पाण्डेय अध्ययनका लागि अस्टे«लिया थिए । अहिले चुनावको माहोल पारेर बिदामा आएका उनले पनि आफ्नो मताधिकार प्रयोग गरे ।
उनले जहिले पनि देशमा नेताहरुले केही गरेनन् भनिने गरेको उल्लेख गर्दै आफूजस्ता मतदाताले नै सही प्रतिनिधि चयन गर्न सक्नुपर्नेमा जोड दिए ।
उनले देशमा विकास भएर आफूजस्तै युवाहरुका लागि स्वदेशमै केही गर्ने वातावरण सिर्जना हुनुपर्ने बताए ।

बुटवल कालिकानगरका अमृत थापा २९ वर्षको हुँदासमेत अहिलेसम्म मत दिएका थिएनन् । उनले शुक्रबार पहिलो पटक मतदात गरे । यसअघिको निर्वाचनमा नाम भए पनि आफू विदेश भएका कारण मत हाल्न नपाएका थापाले देशमा भ्रष्टाचार अन्त्यलाई सबैले मुल एजेन्डा बनाउनुपर्ने बताए ।
उनले देशमा सुशासन कायम भएर युवाका लागि रोजगारीका अवसर सिर्जना गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।
यस्तै बुटवल–९ की बसुन्धारा घर्तीले जनताले जिताएका उम्मेदवारहरुले जनताको अपेक्षालाई सही रुपमा पूरा गर्नुपर्ने बताइन् । उनले जनताका अपेक्षा पूरा नभए अर्को चुनावमा मतदाताले विकल्प खोज्ने भन्दै जनप्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताइन् ।
बुटवलमा स्थानीय निर्वाचनमा २३ हजार नयाँ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण