दैलेखको चामुण्डामा काँग्रेसको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १० : ३०
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्राप्त जानकारी अनुसार ६५८ मतगणना हुँदा मेयरमा नेपाली काँग्रेसका गणेश बहादुर शाहीले २७० मत प्राप्त गरेका छन् । उनी कर्णालीका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् ।
त्यहाँ काँग्रेसले गठबन्धनको निर्णय तोडेर उम्मेदवारी दिएको थियो । दोस्रोमा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम गरेको छ । नेमकिपाका बखत बहादुर थापाले २३० मत प्राप्त गरेका छन् भने पहिलो बन्ने दाबी गरेको एमाले तेस्रोमा छ ।
एमालेका सुर्यबहादुर शाहीले जम्मा १८० मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा काँग्रेसकी मनसरा कुमारी शर्माले २१६ ल्याएकी छन् भने एमालेकी नन्दा कुमारी बिष्टले २०६ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण